समाचार

राष्ट्रिय सभा निर्वाचन : आज मध्यरातदेखि आचारसंहिता लागू

०
Banner

काठमाडौं, माघ १-

आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातदेखि आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउने आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

क–कसलाई लागू हुन्छ ?

निर्वाचन आयोगका अनुसार, नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पदधारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुनेछ ।

मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुनेसमेत व्यवस्था आयोगले गरेको छ ।

निर्वाचन आचारसंहिताअनुसार, मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् माघ ८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तत्र्रिmया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

यस्तै, मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्नेछ । साथै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन गराउन नहुने पनि आयोगले जनाएको छ ।

उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।

आयोगले निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने हद तोकेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ बमोजिम सो खर्च मतदाता नामावली खरिद, सवारीसाधन तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>