Breaking News

आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली,भोलि हल्का वर्षाको सम्भावना

Banner

काठमाडौं,पुस २९-

आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र पहाडी क्षेत्रमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरैजसो ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँमा आज मौसम सफा नै छ ।

भोलि सोमवार भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>