राजनीति
हाम्रो पार्टीका नेता कार्यकर्तामा निराशा छैनः माधव नेपाल
०

काठमाडौं, पुस २७-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तामा निराशा नभएको दाबी गरेका छन् । नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए ।
उनले भने, ‘हाम्रो पार्टीले आफ्नो ढंगले गति लिइरहेको छ । निराशा छैन । आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार । हामीले २०६२र६३ को आन्दोलन गर्दाखेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरु फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौं ।
उनले पार्टीको विधान बनाउनको लागि तल्लो तहबाट सुझाव लिन लागेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























