देश/प्रदेश

बहुबिवाह मुद्दामा महिला पक्राउ

०
Banner

झापा, पुस २७-

बहुबिवाहको आरोपमा एक महिला प्रकाउ परेका छन् । बहुबिवाहको मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी हल्दीबारी गाउँपालिका वडा-२ घर भई भद्रपुर नगरपालिका वडा-७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ गरिएको हो ।

जिल्ला अदालत झापाले जेठ ४ गते उनलाई बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय, २० हजार जरिवाना र ८ सय रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। तर उनी फरार थिइन्।

उनलाई झापा फैसला कार्यान्वयनको लागि खटिएको टोलीले बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>