समाचार

सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैनः उपप्रधानमन्त्री खड्का

०
Banner

कैलाली, पुस २७-

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको बताएका छन् । आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना

गरेको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका खड्का यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताएका छन् ।

‘हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बीच छलफल हुने नै छ’, उनले भने, ‘वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिनँ । तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>