समाचार

फेरी बम्जनको घरमा सिआइबी पुग्यो

०
Banner

चितवन, पुस २६-
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली बिहीबार पनि रामबहादुर बमजनको घरमा पुगेको छ।

बमजनलाई गत मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका लागि भन्दै प्रहरीको टोली बिहीबार दिउँसो पनि बमजनको घरमा पुगेको हो। अनुसन्धानकै सिलसिलामा सिआइबीको टोली उनको घरमा पुगेको व्युरोका एसएसपी दिनेश आचार्यले बताए।

प्रहरी टोली पुग्दा घरमा छोराछोरी र काम गर्नेहरू मात्रै थिए। घरको चाबी नभएको भनेर केहीबेर प्रहरीलाई रोके पनि पछि प्रहरी घरभित्र पसेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>