देश/प्रदेश

चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने

Banner

भक्तपुर, पुस २६-

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयले बागेश्वरीमा सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न लागेको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विकासमा पछाडि परेको चाँगुनारायण नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्न वडा नं ५ र ७ को सिमानामा रहेको गुरुङटारमा जग्गा उपलध गराउने निर्णय एक वर्ष अगाडि नै गरेर प्रदेश सरकारमा पेस गरेकामा अहिले स्वीकृत भएको बताउनुभयो ।

सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न वडा कार्यालय हुँदै नगरपालिका, भुमि सुधार, मालपोत, जिल्ला प्रशासन कार्यालयलगायतका उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवाला सबै निकायमा छलफल र सहमति गरी प्रक्रिया पूरा गरेर प्रदेश सरकारमा प्रस्ताव पेस गरेकामा प्रदेश सरकारले स्वीकृत गरेसँगै अब औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढ्ने प्रमुख खत्रीले बताउनुभयो ।

सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गरेर पठाएको प्रस्तावलाई स्वीकृत गर्दै त्यसका लागि आवश्यक अध्ययन एवंं विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण थालिएको बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिनुभयो ।

नगरप्रमुख खत्रीका अनुसार त्यस क्षेत्रमा सांस्कृतिक औद्योगिक ग्राम निर्माणसँगै स्थानीयस्तर एवं भक्तपुर जिल्लामा उत्पादन हुने वस्तुलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताउनुभयो । स्थानीयस्तरमा उत्पादन हुने लत्ताकपडा, बाँका, काठका निगालोका सामान, फर्निचर, डोको, डालो, नाङ्लो, परालको चकटी, गुन्द्री, सुकुल, मुठा, स्थानीय लप्सीको उत्पादन, अचार उत्पादन, खाद्य उत्पादनजस्ता कार्यका लागि उद्योगी व्यवसायीलाई ठाउँ निर्माण गरेर उपलबध गराउँदै बजार व्यवस्थापनसमेत गरिने उहाँले बताउनुभयो । त्यसका लागि साना उद्योग सञ्चालन गरी विभिन्न सामग्रीको उत्पादन गर्ने र ठाउँ अपुग भए थप जग्गाको व्यवस्थापन गरी एकीकृतरूपमा औद्योगिक ग्राम निर्माण गरिने नगरप्रमुख खत्रीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area