Breaking News

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद सहित साढे १६ लाख जरिवाना

Banner

काठमाडौँ, पुस २५
भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ ।

यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।
१६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएकोमा सोही अनुसार जरिवाना र बिगो असुल गर्ने फैसला भएको उनको भनाइ छ ।

गत पुस ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले शाहसहित २ जनालाई दोषी ठहर गरेको थियो । जसअनुसार आज सजाय निर्धारण भएको हो ।

शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली ९सिन्धुली० मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो ।

पूर्व प्रहरी नायव महानिरीक्षक शाह अछामको साँफेबगर निवासी हुन् । उनको घर कैलाली र काठमाडौँको महाराजगञ्जमा समेत रहेको छ भने उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् । उनले यसका लागि वि।सं। २०६३ को मदन पुरस्कार पाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>