चितवन विशेष

रेवान सौराहाको अध्यक्षमा ध्रुब गिरी चयन

Banner

सौराहा,पुस २५-

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन(रेवान) सौराहाको अध्यक्षमा ध्रुब गिरी सर्वसम्मत चयन हुुनुभएको छ । बुधबार सम्पन्न रेवानको १७ औं वार्षिक साधारणसभा तथा नवौं अधिबेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । अध्यक्षमा चयन भएपछि गिरीले सौराहाको पर्यटन विकास र व्यवसायीको हकहितका पक्षमा काम गर्ने बताउनुभयो । उहाँले व्यवसायीको घरघरमै पुगेर यहाँको रेष्टुरेन्टका गुणस्तर र एकरुपताका बिषयमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आफ्नो कार्यकालमा परिणाम देखिनेगरी काम गर्ने उहाँँको भनाई छ ।

रेवानको प्रथम उपाध्यक्षमा शम्भु माली,द्धित्तिय उपाध्यक्षमा कृष्ण भट्ट,तृतिय उपाध्यक्षमा राजेशकुमार तामाङ चयन हुनुभएको छ । यस्तै महासचिवमा नविन नेपाल,सचिवमा कुमार जोशी,कोषाध्यक्षमा कृष्ण प्रसाद खतिवडा,सहकोषाध्यक्षमा अम्बिका भट्ट चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा देवकला भट्टराई,पुरुषोत्तम लामिछाने,धर्मराज न्यौपाने,रामकुमार गुरौ,रामकाजी अधिकारी,सानुमाया थापामगर,चित्रबहादुर कुमाल,घनश्याम चौधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन हुनुभएको छ ।

बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनाल प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका छ जनालाई सम्मान समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>