अन्तर्राष्ट्रिय
९ घण्टामा १४० भाषामा गीत गाएर भारतकी युवतीले राखिन् विश्व कीर्तिमान
०

भारत, पुस २५-
भारतकी एक युवतीले विश्व कीर्तिमान राखेकी छिन् ।
एक भारतीय युवतीले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । भारतको केरालामा बस्ने सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टका क्रममा विभिन्न भाषामा १४० वटा गीत गाएर कीर्तिमान कायम गरेकी हुन् ।
उनले भिन्नभिन्न प्रकारका १२ दर्जन गीत गाउँदै विश्वमा सर्वाधिक भाषामा गीत गाउने व्यक्तिको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएकी हुन् ।
गिनिज वल्र्ड रेकर्डस्का अनुसार दुबईस्थित भारतीय वाणिज्य दूतावासको सभाहलमा जलवायु परिवर्तनसँग सम्बन्धित जागरुकता बढाउनका लागि उनले १४० भाषामा सांगीतिक प्रस्तुति दिइन् । सुचिताले त्यस क्रममा करिब ९ घण्टा गीत गाएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























