चितवन विशेष
चितवनमा पृथ्वी जयन्ती भव्य रुपमा मनाइने,सबैलाई सहभागि हुन आब्हान
०

भरतपुर,२२ पुस-
यस बर्षको पृथ्वी जयन्ती चितवनमा भव्य रुपमा मनाइने भएको छ । पुस २७ गते पृथ्वी जयन्ती भव्य रुपमा मनाउने राप्रपा चितवनले निर्णय गरेको छ । पार्टीका कार्यवहाक अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा आइतबार बसेको राप्रपा चितवनको बैठकले पृथ्वी जयन्तीका दिन बाजागाजा र झाँकीसहित बृहत रुपमा नगर परिक्रमा गर्ने निर्णय गरेको हो ।
बैठकले पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सबैलाई सहभागिताका लागि आब्हान गरिएको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वमन्त्री बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिनेछ । बैठकमा राप्रपा सहमहामन्त्री रिना गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























