चितवन विशेष

पत्रकार अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

Banner

चितवन, पुष २१-
चितवनका पत्रकार सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

उद्योग बाणिज्य संघ चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अविधेशन उद्घाटन समारोहमा अधिकारी ५१ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो । अधिकारीलाई अर्थमन्त्री डा प्रकाशशरण महत प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठलगायतले सम्मान गर्नुभएको थियो ।

अधिकारीले चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि, शिक्षा स्वास्थ्य, पर्यटन लगायतका व्यवसायिक प्रर्वद्धनसँग सम्बन्धित समाचार प्रकाशन गरी जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको हो ।

चितवनमा रहेर एकदशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आउनुभएका अधिकारीले आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउंँदै आउनु भएको छ । अधिकारी आर्थिक अभियान राष्ट्रिय दैनिक र रेडियो नेपालका चितवन संवाददाता हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>