समाचार

भारतीय नौसेनाको युद्धपोत अपहृत जहाजनजिक पुगेर सामुद्रिक लुटेराहरूलाई चेतावनी

०
Banner

भारत, पुस २०-
भारतीय नौसेनाको युद्धपोत आइएनएस चेन्नाईले शुक्रबार सोमालिया तट नजिक अपहृत एमभी लीला नोरफोकसम्म पुगेर जहाजमा सवार सामुद्रिक लुटेराहरूलाई जहाज छाड्न चेतावनी जारी गरेको छ ।

भारतीय युद्धपोतले आफ्नो हेलिकप्टर पनि उतारेको छ र मरिन कमान्डो अपरेसनका लागि तयार छ । अधिकारीहरूका अनुसार जहाजमा सवार सबै भारतीय चालक दल सुरक्षित छन् ।

यसअघि ब्राजिलको पोर्ट डु एकोबाट प्रस्थान गरेर बहराइनमा खलिफा बिन सलमानका लागि जाँदै गर्दा व्यापारिक जहाज एमभी लीला नोरफोकलाई सोमालियाबाट तीन सय माइल पूर्वमा सामुद्रिक लुटेराहरूले अपहरण गरेको अधिकारीहरूले बताएका थिए ।

युकेएमटिओ पोर्टलमा बिहीबार साँझ करिब पाँचदेखि छ जना अज्ञात सशस्त्र कर्मचारीहरू सवार भएको सन्देश प्राप्त गरेपछि भारतीय नौसेनाको मिसन डिप्लोइड प्लेटफर्मले लाइबेरियाको झन्डा भएको थोक वाहकमा अपहरणको प्रयासलाई तुरुन्तै प्रतिक्रिया दिएको भारतीय नौसेनाले एक विज्ञप्तिमा बताएको छ ।

स्थितिको जवाफमा भारतीय नौसेनाले सामुद्रिक गस्ती विमान ९एमपिए० लन्च गर्यो र जहाजको सहयोग गर्न सामुद्रिक सुरक्षा अपरेसनका लागि तैनाथ आइएनएस चेन्नाईलाई डाइभर्ट गर्यो । विमानले शुक्रबार बिहान जहाजमाथिबाट उडान भरेर र चालक दलको सुरक्षा सुनिश्चित गर्दै जहाजसँग सम्पर्क स्थापित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>