राजनीति

एमालेले केन्द्रीय समितिमा थप ६ जना मनोनित गर्‍यो

Banner

काठमाडौं, पुस २०-
नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

यस्तै झापा जिल्ला अध्यक्ष दीपक थापालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>