राजनीति

अवहेलना मुद्दामा प्रधानमन्त्री दाहाललाई सफाइ

Banner

काठमाडौँ,पुस २०-

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ। सात वर्ष अघि दर्ता भएको अवेहना मुद्दामा शुक्रबार निर्णय सुनाउँदै सर्वोच्चले दाहालले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो।

अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठमा दाहालविरुद्ध अवहेलना मुद्दा दिएका थिए। त्यसबेला द्वन्द्वकालीन मुद्दामा माओवादी कार्यकर्ताहरु पक्राउ परेर नियमित अदालतले आदेश दिन थालेपछि दाहालले अदालतविरुद्ध आक्रामक अभिव्यक्ति दिएर विवादमा तानिएपछि त्रिपाठी अवहेलना मुद्दा लिएर सर्वोच्च पुगेका हुन्। तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि दाहालले काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा अदालत शान्ति सम्झौता विपरीत जान लागेको आरोप लगाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>