मनोरञ्जन

प्रेमी सशांकलालसँग इन्गेजमेन्ट गरिन् पूर्वमिस नेपाल अश्मीले

Banner

काठमाडौँ, पुस १९-

पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । सशांकलाल श्रेष्ठ नामका युवकसँग उनले बिहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेकी हुन् ।

अश्मीले सामाजिक सञ्जाल इन्सटाग्राममा एक भिडियो सेयर गर्दै आफूले प्रेमी शशाङ्कको प्रस्ताव स्वीकार गरेको जानकारी दिएकी छन् । ‘उसले प्रस्ताव राख्यो, मैले स्वीकारें । हामीले इन्गेजमेन्ट गर्‍यौं,’ अश्मीले लेखेकी छन् । शशाङ्क अमेरिकामा बस्दै आएका छन् ।

अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>