चितवन विशेष
न्युजिल्याण्ड र आयरल्याण्ड पढ्न जाने विद्यार्थी बढे, मेट्स चितवनले शैक्षिक परामर्श दिँदै

चितवन, पुस २०-
पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड र आयरल्याण्ड जाने विद्यार्थीको संख्या बढेको छ । विद्यार्थीको मागलाई मध्येनजर गर्दै नारायणगढको शहिदचोकस्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले न्युजिल्याण्ड र आयरल्याण्डका विभिन्न कलेज तथा युनिभर्सिटीहरुसँग समन्वय गरी विद्यार्थीलाई शैक्षिक परामर्श दिन थालेको छ ।
आयरल्याण्ड गएर ‘ग्राजुएट’ गर्न चाहने विद्यार्थीले प्लस टु मा कम्तिमा ६० प्रतिशत अङ्क ल्याएको हुनु पर्नेछ भने आइईएलटिएसमा हरेक सेक्सनमा कम्तिमा ५.५ र ओभर अल ६ अङ्क प्राप्त गर्नुपर्ने मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले बताए ।
त्यस्तै, पिटिईमा हरेक सेक्सनमा कम्तिमा ५१ र ओभर अल ५८ अङ्क प्राप्त गरेको हुनुपर्छ । ‘पोष्ट ग्राजुएट’ गर्न जाने विद्यार्थीले आइईएलटिएसमा हरेक सेक्सनमा ६ र ओभर अल ६.५ ल्याउनु पर्नेछ भने पिटिईमा हरेक सेक्सनमा ५८ र ओभर अल ६० अङ्कसम्म ल्याए पुग्ने पौडेल बताउँछन् ।
न्युजिल्याण्डका लागि भने प्लस टु पास गरेका विद्यार्थीले न्युनतम २.५ जिपिए ल्याएको हुनुपर्छ भने आइएलटिएसमा ५.५ ल्याउनु पर्दछ । त्यसैगरि मास्टर्स अध्ययनका लागि सामान्यतया हरेक सेक्सनमा ६ र ओभर अल ६.५ अङ्क ल्याउनु पर्नेछ । साथै न्युजिल्याण्ड र आयरल्याण्डका कलेज तथा युनिभर्सिटी अनुसार फाइनान्सियल डकुमेन्ट्स भने पुरा गरेको पौडेलले जानकारी दिए ।
पछिल्लो समयमा अष्ट्रेलियन सरकारले फाइनान्सियल डकुमेन्ट्सका लागि थप कडाइ गर्न थालेपछि विद्यार्थीहरुमा उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड र आयरल्याण्ड जाने रुचि बढ्न थालेको उनले बताए ।
स्थापनाकाल देखि नै विद्यार्थी र अभिभावकहरुको मुख्य रोजाई बनेको मेट्स इन्टरनेशनल नारायणगढ शाखाले युके, अष्ट्रेलिया, क्यानडा, युएसए लगायतका मुलुकमा रहेका शैक्षिक संस्थाहरुसँग सहकार्य गर्दै विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
मेट्सले नेपाल लगायत भारत, अष्ट्रेलिया, लाओस, फिजि, फिलिपिन्स आदि देशहरुमा पनि विद्यार्थीहरुलाई सेवा दिदै आइरहेको छ भने नेपालका मुख्य स्थानहरु काठमाडौं, चितवन, पोखरा, बुटवल, कपिलवस्तुमा आफ्ना शाखाहरु सञ्चालन गर्दै आएको छ ।
























