चितवन विशेष

अध्यक्ष तिमिल्सीनाद्धारा भरतपुरको वागेश्वरी क्षेत्रको अवलोकन

Banner

भरतपुर, पुस १९-

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले भरतपुरको वागेश्वरी क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँले बुधबार वागेश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ आश्रमद्धारा सञ्चालित प्राकृतिक अस्पताल, गौ संरक्षण केन्द्र र गुरुकुलको स्थलगत अवलोकन गर्नुभएको हो । सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सीनाले वागेश्वरी प्राकृतिक अस्पतालले नागरिकको स्वास्थ्य उपचारमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आधुनिक चिकित्सासंगै प्राकृतिक चिकित्साको पनि महत्वपूर्ण भूमिका रहने भन्दै यसको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

देवघाटधामसंग जोडिएको वागेश्वरीको ऐतिहासिक महत्व रहेको भन्दै उहाँले यहाँ एतिहासिक वस्तुको संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘लोप हुन लागेका स्थानिय जातका गाई यहाँ संरक्षण गरेर पालिएको छ,उहाँले भन्नुभयो,गाईको महत्व जति बर्णन गरेपनि कमै हुन्छ ।’ उहाँले गाई राष्ट्रिय जनावर भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । यस्तै अध्यक्ष तिमिल्सीनाले देवघाटमा रहेको जगन्नाथ शान्ती कुञ्ज र नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपतिनाथ मन्दिरको समेत अवलोकन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>