मनोरञ्जन

सौगात मल्ल फिल्म ‘रिमै’मा अनुबन्धित

Banner

काठमाडौं, पुस १८-

अभिनेता सौगात मल्ल फिल्म ‘रिमै’ मा अनुबन्धित भएका छन्। यसअघि फिल्ममा अभिनेत्री रिस्मा गुरुङ र अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन्। उनीहरू तीनै जनाले ‘कबड्डी’को दोश्रो शृंखलामा एकसाथ काम थिए।

खिलबहादुर गुरुङको निर्देशनमा बन्ने फिल्ममा दया, रिस्मा र सौगातसँगै डेब्यू अभिनेता विरबल घलेको पनि मुख्य भूमिका रहनेछ।

उपेन्द्र सुब्बा फिल्मका पटकथा लेखक हुन् भने कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन्। सिनेमा गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्म्स प्रालिको ब्यानरले निर्माण गर्न लागेको फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ (युके), प्रकाश गुरुङ (युके), जित यात्री गुरुङ (नर्वे) तथा सचिकुमारी घले रहेका छन् भने दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा फिल्ममा सह-निर्माताका रूपमा रहनेछन्।

यो फिल्म फागुनबाट छायांकनमा जानेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>