मनोरञ्जन

प्रकाश सपूतको गीत ‘मुटु कटक्कै’ एक नम्बर ट्रेन्डिङमा

Banner

काठमाडौं, पुस १८–

गायक प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङमा आइपुगेको छ । सोमबार रिलिज भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् ।

गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ । तर मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एक छिन भए पनि मन भुलाउने ठाउँ नहुने कथा गीत र भिडियोले भन्छ ।

समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ ।

गीतको भिडियो निर्देशन पनि प्रकाश स्वयंको छ । प्रकाश सपूतसँगै कुशुम शर्मालागत कलाकार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>