अपराध

९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धले पाए २५ वर्ष कैद सजाय

०
Banner

सुर्खेत, पुस १७-

९ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

सोमवार न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको हो ।

दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए ।

उनले भने, ‘२०७९ साल चैतमा प्रहरीले प्रकाउ गरेको थियो । चैत २३ गते हस्पिटलबाट रिपोर्ट आउदा बालिकालाई बलात्कार गरेको पुष्टि भएको थियो । त्यहीअनुसार रेग्मीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गरेको थियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>