समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न मेयर हर्कको कार्यकक्षमा पुगे दलका कार्यकर्ता

०
Banner

विराटनगर, पुस १७-

मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ संगठनका कार्यकर्ता पुगेपछि धरान उपमहानगरपालिका परिसरमा तनाव बढेको छ । कांग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी संगठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेको हो।

परिस्थिति असहज हुनसक्ने भन्दै प्रहरीले आफूहरूलाई रोकेको राष्ट्रिय युवा संघ नेपालका कोशी अध्यक्ष अरुण गुरुङले बताए । अहिले प्रहरीले हर्क साम्पाङसहित समर्थक र तस्बिर लिएर गएका कार्यकर्ताका प्रतिनिधिलाई सँगै राखेर छलफल गराइरहेको छ ।

केही दिनअघि धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै हर्कले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>