राजनीति
छिटो सम्पत्ति कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेका छन्ः प्रधानमन्त्री
०

काठमाडौं, पुस १७-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटो सम्पत्ति कमाउने मोह बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।
मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्री प्रचण्डले छिटो सम्पत्ति कमाउने मोह बढ्नु चिन्ताको विषय भएको बताएका हुन् । छिटो धेरै सम्पत्ति कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























