भिडियो
प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ २४ घण्टा नपुग्दै ट्रेन्डिङमा
०

काठमाडौंँ, पुस १७-
गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् । मायामा पीडाको कथा ब्यक्त गरिको गीतले सार्वजनिक भएको २४ घन्टा नबित्दै ४ लाख ६० हजार बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको १० स्थानमा आएको छ ।
गीतमा शब्द तथा संगीत सपूत स्वयम्को छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।
मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैंले निर्देशन गरेका हुन् ।