Breaking News

चितवन कांग्रेसकी नेतृ सावित्री कँडेलको निधन

Banner

चितवन, पुस १७-

नेपाली कांग्रेस चितवनकी नेतृ, सामाजिक एवम् धार्मिक व्यक्तित्व सावित्री कँडेलको आज बिहान निधन भएको छ ।

करिब दुई वर्षदेखि क्यान्सरबाट पीडित कँडेलको ६३ वर्षको उमेरमा निधन भएको हो । भरतपुर महानगरपालिका–४ निवासी कँडेलको पार्थिव शरिरकाे आजै अन्त्येष्टि गर्ने तयारी परिवारले गरेको छ ।

क्यान्सर रोगबाट ग्रसित भएपछि कँडेल कांग्रेसको क्रियाशिल सदस्य रहँदै आएको नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले बताए । न्यौपानेका अनुसार कँडेल कांग्रेसको पूर्व जिल्ला सदस्य र जननिर्वाचित पूर्व वडा सदस्य हुन् ।

‘प्रतिबन्धित समयमा उहाँले पार्टीको महत्वपूर्ण पदमा रहेर भूमिका निर्वाह गर्नुभएको थियो’, उनले भने, ‘चितवन कांग्रेसको महिला नेताहरुमा उहाँ पुरानो पुस्ताको नेता हुनुहुन्थ्यो । उहाँ विभिन्न आन्दोलनमा गिरफ्तारमा पर्नुभयो र आर्मीको कुटाई पनि खानुभएको थियो ।’

कँडेलको पार्थिव शरिर अन्त्येष्टि गर्नुअघि पार्टी झण्डा ओढाइने न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>