समाचार

भरतपुरमा खाना पकाएर छाडेको आगो सल्किँदा चार लाख बढीको क्षति

०
Banner

चितवन, पुस १७-

भरतपुर महानगरपालिका–१२ सहयोगी टोलमा गएराति आगलागी भएको छ ।

स्थानीय प्रेमबहादुर गुरुङको भान्छा कोठामा खाना पकाएर ननिभाइकन छाडेको आगो सोमबार राति ११ः१५ बजेतिर कोठामा सल्किँदा करिब चार लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगोले भान्छा कोठाको छेउमा बाँधेको तीन बाख्रा मरेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, एउटा टिभी, एउटा पानी तान्ने मोटर र भान्छा कोठामा प्रयोग हुने विभिन्न भाँडाकुडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय र भरतपुर महानगपालिकाको २ वटा दमकलको सहयोगमा मंगलबार (आज) बिहान १२ः१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>