Breaking News

बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवार र सरकारबीच ४ बुँदे सहमति

Banner

काठमाडौँ,पुस १६ –

सरकार र ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा चार बुँदे सहमति भएको हो।

दुई पक्षबीच ज्यान गुमाउनेका परिवारबाट एक जनालाई रोजगारी दिने, ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहलाई शहिद घोषणा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने, पीडित परिवारलाई थप राहत उपलब्ध गराउने र परिवारले आजै शव बुझ्ने सहमति भएको छ।

सहमति पत्रमा पीडित परिवारका तर्फबाट वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवाल तथा सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेका छन्। शुक्रबार कोरियन भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>