देश/प्रदेश

गृहमन्त्री हिरासत पुगेर छुटाएपछि सिके राउतले भनेः हामीले संयम अपनायौं, नत्र देशभर आगो बल्थ्यो

Banner

काठमाडौं, पुस १६-

बिहान धोती दिवस मनाउन माइतीघर मण्डला पुग्दा प्रकाउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतलाई छुटाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं हिरासतमा पुगेका छन् ।

हिरासतमुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै राउतले धम्कीपूर्ण भाषामा भने , ‘कतिसम्म विभेद छ हेर्नुस । मधेस मुलकी महिलामन्त्रीलाई पक्राउ गरियो । अरु पार्टीको भएगर्न सक्थे ? राष्ट्रिय पार्टीको अध्यक्षलाई पक्राउ गरियो । यो रंगभेद हो । आफ्नै क्याबिनेट मन्त्रीलाई हिरासतमा लिने यो कस्तो गणतन्त्र ? यो कस्तो मानवअधिकार ? धन्न हामीले संयम अपनायौं । नत्र देशभर आगो बल्ने अवस्था थियो ।  मन्त्री र माननीयज्यूहरुलाई त यस्तो व्यवहार हुन्छ भने जनताको अवस्था के होला ?’

राउतले राज्यले आफूहरुमाथि विभेद गरेको आरोप लगाए । सांस्कृतिक प्रदर्शन भएकाले निषेधित क्षेत्रमा पनि जान दिनुपर्ने उनको तर्क थियो । त्यस्तै निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा मन्त्री अनिता यादवसहित राउत पक्राउ परेका थिए ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>