देश/प्रदेश

मोरङ्गमा जङ्गली हात्ती मृत फेला, पोष्टमार्टमाका लागि चितवनको टोली बोलाउने तयारी

Banner

विराटनगर, पुस १६-

मोरङ्गमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । मोरङ्गको सुन्दरहरैचा १० मुनाल मार्गमा बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी प्रवक्ता रञ्जन दाहालले १० देखि १२ वर्षको हात्ती मृत फेला परेको र के भएर मरेको भनेर स्पट नभएको बताए ।

कोशी प्रदेश वन वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार हात्तीको मृत्यु भएपछि पोष्टमार्टम गर्नु पर्ने व्यवस्थाभएकोले पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञ सहितको टोली बोलाउने तयारी भए र तत्काल विशेषज्ञ पनि नभएकाले चितवनसँग परामर्श भइरहेको छ । उनले चितवनबाट पोष्टमार्टमाका लागि टोली बोलाइने बताए ।

घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area