Breaking News
एनसेलमा पैसा नखाने संसदका कुनै समिति छैनन्, नबोले बापत पनि खान्छन्ः चन्द्र भण्डारी
०

काठमाडौं,पुस १२-
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले एनसेल प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक नेतृत्वमात्र नभएर संसदका समितिहरु पनि पैसामा बिकेको आरोप लगाएका छन् । एनसेल शेयर बिक्रीबारे प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसद भण्डारीले अधिकार क्षेत्र मिचेर कतिपय समितिले यसबारे निर्ण गरेको भन्दै सबैले पैसा खाएको आरोप लगाए ।
भण्डारीले भने– विगतमा पनि मैले देखेको छु र भोगेको छु । अर्को समितिले गएर निर्णय गरेको छ । पैसा नखाने त कुनै पनि समिति नै भएनन् । मौन बस्न पनि यनिले पैसा माग्ने बिगतमा मैले देखेको छु । भण्डारीले अधिकारविहीन समितिहरुको चहलपहल र बहसमा कुनै खोट रहेको दावी गरे । अहिलेसम्म एनसेल प्रकरणमा राज्य व्यवस्था समिति र लेखा समितिले छलफल गरेर निर्देशन दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























