Uncategorized

चितवनमा सम्पन्न तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधी आर्मीले जित्यो

Banner

चितवन । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधी नेपाल आर्मीले जितेको छ । चितवनको भरतपुर कभर्ड हलमा पुस ७ र ८ गते भएको प्रतियोगितामा आर्मी प्रथम भएको हो ।

१० स्वर्ण, ४ रजत र ४ कास्यसहित १८ वटा पदक जितेर आर्मी प्रतियोगिताको विजेता बनेको हो । आर्मीले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिए ।

प्रतियोगितामा उप विजेता बनेको बुटवल तेक्वान्दो डोजाङले ९ स्वर्ण, २ रजत र ४ कास्यसहित १५ वटा पदक जितेको छ । बुटवलले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्कीले बताए ।

त्यस्तै, तेस्रो भएको एपीएफले ४ स्वर्ण र ३ कास्यसहित ७ वटा पदक जितेको छ । एपीएफले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । उक्त प्रतियोगिता कुल ४६ स्वर्ण, ४६ रजत र ९२ कास्य पदकका लागि भएको थियो ।

प्रतियोगिताको पुम्सेतर्फ पनि नेपाल आर्मी प्रथम भएको छ । आर्मीले २० हजार रुपैयाँ नगद प्राप्त गरेको छ भने दोस्रो भएको एपीएफले १० हजार रुपैयाँ र तेस्रो भएको चितवन तेक्वान्दो डोजाङले नगद पाँच हजार रुपैयाँ पाएको छ ।

प्रतियोगितामा बुटवल तेक्वान्दोका महिला र पुरुष दुवै खेलाडी उत्कृष्ट घोषित भए । बुटवलले महिला र पुरुष दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>