देश/प्रदेश

बेँसीसहरमा भेटिएको चरी बाघलाई नियन्त्रणमा लिएर जङ्गल छाडियो

Banner

लमजुङ, पुस ९-

लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ ।

बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।

उहाँले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताउनुभयो । पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिनुभएको थियो ।

डिभिजन वन कार्यालका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जङ्गलमा लगेर छोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ ।

मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उहाँको भनाइ छ । जीवितै उद्धार गरेकाले भाले–पोथी नहेरी जङ्गलमा छाडिएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>