Breaking News

भरतपुरमा बिजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर दुईजना गम्भीर घाइते

Banner

चितवन, पुस ७-

भरतपुर महानगरपालिका–२ आँपटारीमा बिजुलीको तार चार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज (सिएमसी)को आइसियूमा उपचार भइरहेको छ ।

आँपटारीका प्रकाश नेपाली र सुनिल खनाल गम्भिर घाइते भएका हुन् । उनीहरुको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गएराति १ बजे सिमएसी पु¥याइएको थियो ।

करेन्ट प्रवाह भइरहेको तार चाेर्ने नियतले तार काट्न खोज्दा दुई जना गम्भीर घाइते भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>