Breaking News
भरतपुर भ्रमण वर्षको समय सर्यो, सन् २०२४ भित्रै भ्रमण वर्ष गर्ने
०

चितवन, पुस ६–
अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सारिएको छ ।
आज भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकले भ्रमण वर्ष केही समयका लागि सार्ने निर्णय गरेको हो ।
बैठकले आउँदो पुस २२ गते बस्ने नगरपरिषद् बाट थप कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ । महानगरले भ्रमण वर्षको तयारी तिव्र रुपमा पारेको थियो । तर महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न नीजि क्षेत्रले समेत सुझाव दिएको थियो । सोही आधारमा केही समय पछि गर्ने गरी भ्रमण वर्षको समय सारिएको हो ।
यस बारे महानगरले आजै पत्रकार सम्मेलन गरी जानकारी गराउँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























