बलिउड/हलिउड

बीजेपीबाट लोकसभाको चुनाव लड्दै छिन् अभिनेत्री कङ्गना रनौत

Banner

काठमाडौं, पुस ४-

भारतीय अभिनेत्री कंगना रनौत अब राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । उनले लोकसभाको चुनाव लड्न लागेको चर्चा लामो समयदेखि चलिरहेको थियो ।

आजतकको समाचारअनुसार पिता अमरदीपले कंगनाले भारतीय जनता पार्टी ९बीजेपी०को टिकटबाट चुनाव लड्न लागेका बताएका छन् । तर उनको चुनाव क्षेत्रबारे पार्टीले निर्णय गर्ने उनले बताए ।

केही दिनअघि गुजरातको द्वारकामा मिडियासँग कुरा गर्दै कंगनाले भगवानले आशीर्वाद दिएमा आफू अवश्य चुनाव लड्ने बताएकी थिइन् । उनको यो अन्तर्वार्तालगत्तै उनी राजनीतिमा आउन लागेको चर्चा गर्माएको थियो ।

कंगनाले गुजरात, उत्तरप्रदेश, महाराष्ट्र, चण्डीगढ वा हिमाचल प्रदेशमध्ये एक राज्यको चुनावी क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेको चर्चा छ । कंगना हिमाञ्चल प्रदेशको भाम्बला गाउँकी बासिन्दा हुन् र उनले मनालीमा घर पनि बनाएकी छिन् । उनको परिवार पनि मनालीमा बस्छ । कंगना र उनको परिवार बीजेपीको समर्थक रहँदै आएको छ ।

कामको कुरा गर्दा कंगना पछिल्लो पटक फिल्म ‘तेजस’ मा देखिएकी थिइन् । तर यसले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेन । उनी चाँडै ‘इमर्जेन्सी’मा देखिने भएकी छिन् । यो फिल्मलाई उनी आफैंले निर्देशन गरेकी हुन् । यो फिल्ममा उनी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>