Breaking News
एनसेलको सेयर खरिदबिक्री कहिँ न कहिँ गडबडी छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पुस ३-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद बिक्री गडबडी भएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् ।
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मनत्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए ।
‘जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो,’ उनले भने, ‘यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’
एनसेलबारे अध्ययन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

























