समाज

तिलहरी फिल्मका कलाकार प्रकाश पाठकको निधन

Banner

काठमाडौं, पुस ३-

अभिनेता प्रकाश पाठकको ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको छ । मंगलबार बिहान ७९ वर्षको उमेरमा अभिनेता पाठकको क्यान्सरबाट निधन भएको हो ।

अभिनेता पाठकले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका छन् ।

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायत आर्यघाटमा उपस्थित थिए । उनको शवमा छोराले दागबत्ती दिए ।

चलचित्र कलाकार संघका अध्यक्ष निरौलाका अनुसार अभिनेता पाठकको निधन क्यान्सरबाट भएको हो । उनको खानानलीमा ६ महिनाअघि चौथो चरणको क्यान्सर पुष्टि भएको थियो ।

पाठकका श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>