समाचार

‘गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ’ः मन्त्री थापा

०
Banner

गण्डकी, मङ्सिर ३०-
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी ऐन ल्याउने तयारी गरिरहेको मन्त्री थापाले उल्लेख गर्नुभयो ।

“रोजगारी सिर्जना र आर्थिक विकासका लागि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ, प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि समितिसमेत गठन गरेको छ”, मन्त्री थापाले भन्नुभयो, “प्रदेशले गाँजा खेतीसम्बन्धी ऐन बनाउँछ, पछि सङ्घीय ऐन बनेर कानुन बाझियो भने सोहीअनुसार प्रदेश सरकार अगाडि बढ्छ ।”

मन्त्री थापाले घरेलु मदिरालाई पनि गुणस्तर र मापदण्ड कायम गरेर उत्पादन र बजारीकरणलाई खुला गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले वनमा आधारित उद्यम विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले विदेशबाट काठ निर्यात गर्नुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गर्नुभयो ।

जडीबुटी सङ्कलन, प्रशोधन र उत्पादन सहज हुनेगरी ऐन ल्याइएको मन्त्री थापाले बताउनुभयो । उहाँले सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो । मन्त्री थापाले जनताप्रति उत्तरदायी भएर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>