समाचार
दुस्मनी गरेर कहीँ पुगिनेवाला छैनः ओली
०

काठमाण्डौँ, मंसिर ३०-
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताएका छन्। शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए।
पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भईरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने जिकिर गरे। उनले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताए। अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























