अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा अल जजीराका क्यामेराम्यान मारिए

०
Banner

काठमाडौं, मंसिर ३०-

इजरायलले गाजामा गरिरहेको क्रुर र आततायी हमलामा परेर अल जजीरा टेलिभिजनका पत्रकारको मृत्यु भएको छ । गाजा शहरको खान युनिसस्थित एक स्कूलमा इजरायली हमलाको बारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाले अल जजीराका क्यामेरामेन समर अबू दक्काको हत्या गरेको हो ।

क्यामेरामेनलाई घटनास्थलबाट एम्बुलेन्समार्फत उद्दार गर्न खोजिए पनि बाटो बन्द भएका कारण उपचार नपाएर मृत्यु भयो । मृतक खान सन् २००४ देखि अल जजीराका लागि प्यालेस्टानइमा काम गरिरहेका पत्रकार थिए ।

साथै सो हमलामा अल जजीराका गाजा संवाददाता घाइते भएका छन् । सो आक्रमणमा संवाददाता वाएल अल दहदौ घाइते भएको अल जजीराले जनाएको छ । रिपोर्टिङकै क्रममा उनीहरुमाथि ड्रोनबाट हमला भएको थियो ।

रिपोर्टरको काँधमा गम्भीर चोट लागे पनि रगत बगिरहेका बेला उनी भाग्न सफल भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>