पत्रपत्रिका

गेटामा अवरोधपछि धर्मशालामा डा केसीको २१औँ सत्याग्रह

०
Banner

धनगढी, मंसिर ३०-

डा गोविन्द केसीले सरकारले विगतमा पटकपटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा उनले तीन दिने सत्याग्रह सुरु गरेका हुन्।

उनले गेटा मेडिकल विश्वविद्यालयमा सत्याग्रह गर्न चाहे पनि अवरोध सिर्जना भएको थियो। गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा। केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्णमन्दिरको धर्मशालामा सत्याग्रह बसेका हुन्।

सत्याग्रह सुरु गर्न शुक्रबार नै जहाजबाट डा। केसी धनगढी आएका थिए। तर उनको सत्याग्रहमा स्थानीयले अवरोध जनाए।

उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग आफूहरूको मागसँग नमिलेको भन्दै संघर्ष गरिरहेका स्थानीयले गेटामा सत्याग्रहका लागि अवरोध सिर्जना गरेका हुन्।

त्यहाँका स्थानीयले मेडिकल विश्वविद्यालयको माग गरिरहेका छन्। त्यसकारण उनलाई गेटाको मूलगेटभित्रै पस्न दिइएन। गेटामा प्रवेश नपाइएपछि उनी धनगढी फर्केका हुन्। गेटामा अवरोधपछि निर्धारित समयभन्दा दुई घन्टा ढिलाइ गरी डा केसीले धर्मशालामा अनशन सुरु गरेका हुन्। यो उनको २१औं सत्याग्रह हो। केसीको १० दिनअघि मात्रै शिक्षण अस्पतल महाराजगन्जमा पत्थरीको शल्यक्रिया गरिएको थियो।

स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैका लागि गुणस्तरीय, निःशुल्क/सर्वसुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँच तथा सुशासनका लागि सरकारले विगतमा पटकपटक आफूसँग गरेको कार्यान्वयन नगरेकाले सत्याग्रह गर्न थालेको डा केसीले बताएका छन्। आफूलाई बारम्बार धोका दिइएको उनको भनाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>