समाचार
बाटामा गरेको ढुंगा मुढाको अवरोधले पहिचानवादीको माग पूरा हुँदैनः ओली
०

तेह्रथुम मंसिर, २९-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरुको माग सम्वादबाट हल हुने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानका क्रममा तेह्रथुम आइपुगेका ओलीले पहिचानको मुद्दाका लागि सम्वादमा बस्नुपर्ने बताए ।
‘बाटाको ढुंगा मुढाले, अवरोधले, सल्लाको रुख ढालेर समस्याको समाधान हुँदैन’, ओलीले भने । संकल्प अभियान कसैको विरोधमा नभएकाले अवरोध सिर्जना गरिनु गलत भएको उनले बताए ।
‘हाम्रो अभियान देशको पक्षमा, जनताको पक्षमा हो । यसको प्रतिफल हाम्रा विरुद्धमा लागेका साथीहरुले पनि पाउने हो’, ओलीले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























