क्रिकेट

पाकिस्तानलाई हराउँदै युएई एसिया कपको फाइनलमा प्रवेश

०
Banner

काठण्माडौँ, मंसिर २९-
घरेलु टोली युएईले एसिसी यू१९ एसिया कपमा पाकिस्तानलाई ११ रनले हराउँदै फाइनलमा पुगेको छ । युएई यू१९ एसिया कप इतिहासमा फाइनलमा पहिलो पटक पुगेको हो ।

जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय ८२ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान साद बेगले ५२ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउट भए ।

त्यस्तै आजन अवैस ७१ बलमा ५ चौकासहित ४१ रनमा आउट भए । अमिर हसन २७ र अली असफन्दलाई १६ रन बनाए । अन्य कुनैपनि पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईको जितमा हार्दिक पैइ र आमान अहमदले दुई दुई विकेट लिए । ओमैद रहमान, ध्रुब परेशार र आमर बाद्मीले एक एक विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४७।५ ओभरमा १ सय ९३ रनमा अल आउट भयो । युएईका कप्तान आयन खानले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५५ रन बनाए । एथान डी सोल्झा ३७ र ओपनर अर्यांश शर्मा ४६ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर उबेद शाहले ९.५ ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए । अरफत मिन्हास र अली असफन्दले समान दुई विकेट लिए । मोहम्मद जिशान र अमिर हसनले समान एक एक विकेट लिए ।

अर्को सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा युएई र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>