Breaking News

७ महिना जेल बसेर छुटे पूर्व गृहमन्त्री खाँण

Banner

काठमाडौं,मंसिर २९-

पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्‍याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो । खाण छुटिसकेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका खाणलाई त्यसपछि सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार पुर्‍याइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>