चितवन विशेष
सप्तगण्डकी क्याम्पसको खेल सप्ताह तथा ट्यालेन्ट शो सम्पन्न

चितवन, मंसिर २९–
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको खेल सप्ताह सम्पन्न भएको छ । ३६ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसले आयोजना गरेको खेल सप्ताह आज सम्पन्न भएको हो ।
खेल सप्ताहमा सुरु भएको अन्तर तह भलिबल प्रतियोगितामा छात्रतर्फ कक्षा १२ को होटल म्यानेजमेन्ट टिम पहिलो, कक्षा ११ होटल म्यानेजमेन्ट टिम दोस्रो र कक्षा ११ म्यानेजमेन्ट टिम तेस्रो भएको छ । यस प्रतियोगिताका लागि छात्रतर्फ १८ टिमले नाम दर्ता गराएका थिए । यस्तै छात्रातर्फ ९ टिमले भलिबल प्रतियोगिताका लागि नाम दर्ता गरेकोमा कक्षा १२ को एजुकेशन टिम पहिलो, बिएड दोस्रो वर्ष दोस्रो र बिएड तेस्रो वर्ष नै तेस्रो भएका छन । साथै प्रध्यापकहरुको भलिबल प्रतियोगितामा भने प्रध्यापक भूपिन खड्का र गणेश पौडेलको टिम क्रमश पहिलो दोस्रो भएका छन ।

त्यस्तै बास्केटबल छात्रातर्फ ५ टिम दर्ता भएकामध्य बिएड तेस्रो वर्ष पहिलो, कक्षा ११ म्यानेजमेन्ट टिम दोस्रो भएका हुन् । बास्केटबल छात्रतर्फ बिबिएस चौँथो वर्ष पहिलो हुँदा बिबिएस पहिलो वर्ष दोस्रो र बिबिएस दोस्रो वर्ष तेस्रो भएका छन । जसमा ९ टिमबीच प्रतिस्पर्धा भएको थियो ।
त्यसैगरी सटपुटमा छात्राहरु २३ जना भिड्दा सदिक्षा गुरुङ पहिलो, योगिता छिनाल दोस्रो र सिभा अधिकारी तेस्रो भएकी छन । सटपुटमै छात्रहरु ५४ जना भिड्दा कक्षा १२ का लियन छिनाल पहिलो, बिबिएस दोस्रो वर्षका दिवस भूसाल दोस्रो र बिबिएस तेस्रो वर्षका गौरव चौधरी तेस्रो भएका हुन् । साथै टेबल टेनिसमा केटाहरु ४४ जना प्रतिस्पधा गर्दा विसिय चौथो वर्षका अभिषेक गुरुङ पहिलो, बिएड दोस्रो वर्षका प्रदिप तामाङ दोस्रो बिबिए तेस्रो वर्षका सुवास ढकाल तेस्रो भएका छन ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्याम्पस प्रमुख खिमलाल दाहाल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटा, क्याम्पस समितिका अध्यक्ष टेक बहादुर थापाले प्रमाण पत्र, मेडल सहित नगत पुरस्कार हस्तान्तरण गरेका थिए । भलिबल र बास्केटबलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमस १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सटपुट र टेबल टेनिसमा पनि प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको हो ।
साथै आज सम्पन्न खेल सप्ताहमा ट्यालेन्ट शो अन्तर्गत विद्यार्थीहरुले नृत्य, गीतसंगीत, कविता, गजल, फेशन शोलगायत प्रस्तुत गरेका थिए । सप्तगण्डकी बहुमुखी क्याम्पसको खेल सप्ताह मंसिर २५ गतबाट सुरु भएको थियो ।

























