चितवन विशेष

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको अन्तिम अडिसन भोलि भरतपुरमा हुँदै

Banner

चितवन, मंसिर २९–

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करणेको अन्तिम अडिसन भोलि (शनिबार) भरतपुरमा हुँदैछ । भरतपुर अडिसन एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आफ्नै कार्यालय (बेस क्याम्प)मा विहान १० बजेदेखि सुरु हुनेछ ।

अडिसनमा भरतपुर क्षेत्रसंगै अन्य पालिकाका छुटपुट विद्यार्थीहरु एक सय भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । हालसम्म माडी, पश्चिम चितवनको शुक्रनगर, टाँडीको न्यू क्यापिटल, पर्साको डेजी स्कूल, कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पस र गैंडाकोटको विजय सामुदायिक शिक्षा सदनमा अडिसन सम्पन्न भएको विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका निर्देशक विमोचन आचार्यले जानकारी दिए ।

अडिसनमा निर्णायक अजिता अधिकारी रहने छिन् । उनका अनुसार अन्य क्षेत्रको अडिसन सकिएपश्चात एकमुष्ट दोस्रो राउण्डमा पुग्नेहरुको नतिजा सार्वजनिक गरिने र पहिलो राउण्डमा छनौट भएकाहरूलाई तीन दिने निःशुल्क तालिम दिएर दोस्रो,तेस्रो ,क्वाटरफाइनल ,सेमिफाइनल हुँदै फाइनलमा प्रतिस्पर्धा गराइनेछ ।

पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको इभेन्टको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल दोस्रो र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तेस्रो भएका थिए ।

यस्तै दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो, एकता शिशु निकेतनका आशिष बन्जारा दोस्रो र स्काइराइडर स्कुलकी आयुश्मा पोखरेल तेस्रो भएका थिए ।

करिब ३ महिना सम्म चल्ने प्रतिस्पर्धाको फाइनल माघ २६ गते हुनेछ । प्रतियोगितामा पहिलो हुने विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ सहित मेडल, ट्रफी, प्रमाण पत्र र छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>