राजनीति
अदालतमा धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएपनि खाँण तत्काल नछुट्ने
०

काठमाडौँ, मंसिर २९-
जिल्ला अदालत, काठमाडौंमा पुगेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । बैंक ग्यारेन्टी पेश गर्न उनी आज (शुक्रबार) धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन् ।
तर, अदालतमा उनले धरौटी रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएपनि तत्काल उनी छुट्ने छैनन् । उनलाई हिजो (बिहीबार) उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेशको थियो ।
उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागार स्रोतले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























