देश/प्रदेश

विकासको स्वरुप परिवर्तन आवश्यकः मुख्यमन्त्री शर्मा

Banner

काठमाडौँ, मंसिर २९-

सुझाव सङ्कलन कार्यक्रममा कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले विकासको अहिलेको स्वरुप नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । “अहिलेको विकासको स्वरुपले मुलुक समृद्ध हुन सक्दैन”, उहाँले भन्नुभयो, “त्यसैले विकासको स्वरुप परिवर्तन आवश्यक छ ।”

कर्णालीको विकासमा सङ्घ सरकारले सहयोग नगरेको भन्दै मुख्यमन्त्री शर्माले विकासको सम्भावना हुँदाहुँदै पनि कर्णालीलाई पछि पारिएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले १६औँ योजनामा सङ्घीय संरचनालाई बलियो बनाउने गरी योजना बनाउन लागिएको बताउनुभयो ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले सङ्घीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजनाहरु अघि बढाउन समस्या भएको बताउनुभयो । भूकम्पको सन्दर्भमा प्रदेश योजना आयोगलाई समेत सहभागी नगराइ काम भएको भन्दै उनले गुनासो समेत गर्नुभयो ।

सुझाव सङ्कलनका लागि आयोग उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराईसहितको टोली सुर्खेत आइपुगेको हो । आयोगले यसअघि छ वटा प्रदेशमा पुगेर सुझाव लिइसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>