देश/प्रदेश

होस्टेलमा भात पकाउन गएकी बालिका शिक्षकबाट बलात्कृत, बेइज्जत हुनेभन्दै मिलापत्र गर्न दबाब

Banner

जनकपुरधाम, मंसिर २९-

सिरहामा १४ वर्षीया बालिकालाई शिक्षकले बलात्कार गरेका छन् । बिहीबार मध्यराति विष्णुपुर गाउँपालिका-१ बजारस्थित एक बोर्डिङ स्कूलका शिक्षक रञ्जित यादवले बालिकालाई बलात्कार गरेका हुन् । तर, घटनापछि भने शिक्षक यादव भागेका छन् । पीडित बालिका सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्छिन् ।

बालिका रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउने एक महिला (आमा) लाई पालो दिन भात पकाउन गएकी थिइन् । सोही क्रममा शिक्षकले बालिकालाई बलात्कार गरेका थिए । उक्त घटनाबारै बालिकाले राति नै आमालाई फोन गरेर जानकारी गराएकी थिइन् । तर, आज बिहानै आमा स्कूल पुग्दा शिक्षक यादव फरार थिए ।

घरमा कामले फूर्सद् नभएपछि आमाले नै उनलाई स्कूलको होस्टलमा गएर खाना पकाउन लगाएकी थिइन् ।

त्यस्तै स्कूलका सञ्चालक सञ्जय यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको र बलात्कार आरोपी शिक्षक यादव सिरहा नगरपालिका १७ पटेर्वाका छन् । घटनापछि स्कूल सञ्चालकले नै शिक्षकलाई भगाएको बालिकाको आफन्तको आरोप हो । सूचना स्रोतः नेपाल प्रेस

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area