देश/प्रदेश
वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइत, मनीषा, पूर्वकप्तान पारससहित विभिन्न व्यक्तिलाई महानगरको सम्मान

काठमाडौँ, मंसिर २९-
२९औं वार्षिकोत्सवको अवसरमा काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइतलाई सम्मान गरेको छ । वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइतलाई महानगरपालिकाले जनही १ लाख ५० हजार नगदसहित सम्मान गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र, महानगरका मेयर बालेन शाहले दोसल्ला तथा उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका हुन ।
अन्य सम्मानित व्यक्ति
अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारी एआईजी मीरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पनि महानगरले सम्मान गरेको छ ।



























